Logo

काठमाडौं १ को सुरुवाती मतपरिणाम सार्वजनिक, प्रकाशमान अघिअघि रविन्द्र पछ्याउँदै



काठमाडौं, २२ मंसिर । सर्वा्धिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ ।

शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot