Logo

संसदीय व्यवस्थाको विकल्प खोजे ठूलो दुर्घट्ना हुन्छ : अध्यक्ष केसी



काठमाडौं, २२ मंसिर । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय व्यवस्थाको विकल्प खोजिए मुलुक दुर्घट्नामा पर्ने चेतावनी दिएका छन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले बाम गठबन्धनले अबको निर्वाचनमा दुई तिहाई वा बहुमत ल्याएर संसदीय व्यवस्थाको खिलाफमा गए मुलुक भयंकर दुर्घट्नामा पर्ने बताए ।

उनले भने,‘संसदीय व्यवस्थाको विरोधमा गए, संवैधानिक संकट आउँछ, मुलुकलाई जोगाउने हो भने संसदीय प्रणालीभित्रै रहनुपर्यो ।’ अहिले धेरै कामहरु गर्न बाँकी रहेकोले त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्