Logo

गोपाल किराँतीको घोषणा : ‘अस्तित्व जोगाउनपनि प्रचण्डले एमालेसँग होईन देउवासँग मिल्नुपर्छ’



काठमाडौं, २२ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपाल किराँतीले एमालेसँग पार्टी एकता गरे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् ।

शुक्रबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा बोल्दै नेता किराँतीले भने,‘तत्काल प्रचण्डले एमालेसँग एकता गरे उनको अस्तित्व नै समाप्त हुन्छ, यो लेखेर राखे हुन्छ, माओवादीले अब कांग्रेससँग मिल्नुपर्छ, देउवासँग मिल्दा नै प्रचण्डको भविष्य उज्जवल छ।’

निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला नेता किराँतीले यस्तो सनसनी अभिव्यक्ति दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्