Logo

कोइराला परिवार देउवाको विकल्प खोज्दै !



काठमाडौं, २२ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ ।

कांग्रेसले हार्ने निश्चित देखिएपछि अहिले कांग्रेसका शीर्ष नेताहरुले नै सभापति देउवाको राजिनामा खोजिने हल्ला चलेको छ । मतगणनाको सुरुआती रुझानले यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने निश्चित भएको छ ।

हुन त कांग्रेस नेता सुरेन्द्र पाण्डेले पहिलो चरणमा भएका ३२ जिल्लामा माओवादी र एमाले नेतृत्वको बाम गठबन्धनले बढी सिट जितेपनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाम राम्रो आउने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘पहिलो चरणमा पक्कैपनि हामीले भनेजस्तो नतिजा आएन, तर हामी दोस्रो चरणको निर्वाचनमा सुधार गर्नेछौं।’

यता कांग्रेसभित्रै कोइराला परिवारले नै सभापति देउवाको राजिनामा माँग्ने तयारी गरेको छ । महामन्त्री डा. शशांक कोइराला र नेताहरु डा. शेखर कोइराला र सुजाता कोइराला नै टिकट वितरणमा देउवाले गलत गरेको भन्दै सुन्तुष्ट थिएनन् । देउवाले परिस्थितिको सही विश्लेषण गर्न नसकेको र, सही र योग्य नेताहरुलाई टिकट नदिएको कोइराला परिवारका नेताहरुको आरोप छ ।

https://reportersnepal.com/2017/12/218324.html



प्रतिक्रिया दिनुहोस्