Logo

लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता



काठमाडौँ, २२ मंसिर  : जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

यहाँस्थित जापानी राजदूतावासले आज अपराह्न एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी ढंगले सम्पन्न भएको जनाउँदै निर्वाचन परिणाम प्राप्तिपछि राजनीतिक प्रक्रियाले गति लिने विश्वास व्यक्त गरेको छ ।

विदेश मामिलासम्बन्धी जापानका संसदीय उपमन्त्री नेतृत्वको १० सदस्यीय टोलीले उक्त निर्वाचनको पर्यवेक्षण गरेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot