Logo

जनार्दन शर्मा १८ हजारभन्दा बढीको भारी मतान्तरले विजयी



रूकुम, मंसिर २२ : पश्चिम रूकुममा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनेका माओवादी केन्द्रका जनार्दन शर्मा भारी मतान्तरले विजयी भएका छन् ।

विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहलाई १८ हजार ७०० मतले पछि पारेका हुन्।

शाहले १५ हजार ६५९ मत ल्याएका छन् । यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् ।

शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् । प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।

योसंगै पूर्वी र पश्चिम दुवै रूकुममा माओवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन्।



प्रतिक्रिया दिनुहोस्