Logo

ललितपुर २ मा एमाले उम्मेदवार महर्जन विजयी



काठमाडाैं, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot