Logo

वाम गठबन्धनले पुसको दोस्रो हप्ता सरकार गठन गर्ने, केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष



२३ मंसिर, काठमाण्डौ । उत्साहजनक नतिजा आएसँगै वाम गठबन्धनले पुसको दोस्रो हप्ताभित्रमा नै सरकार गठन गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष प्रचण्डबिचको छलफलले चुनावी नतिजा आए लगत्तै सरकार गठन गर्ने विषयमा छलफल भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने लगभल पक्कापक्की जस्तै भएको छ ।

चुनावपछि सरकार बनाएसँगै पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ । एकीकृत पार्टीको नेतृत्व भने प्रचण्डलाई दिने बताइएको छ ।
प्रचण्डकै नेतृत्वमा एकीकृत पार्टीले महाधिवेशन गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्