Logo

दोलखामा गुरुङ ३० हजार १५३ मत बढी ल्याएर विजयी



काठमाडौँ, २३ मंसिर : दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी हुनुभएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ, भने काँग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot