Logo

समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह



काठमाडौँ, २३ मंसिर : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले निर्वाचनपछिका अन्य प्रक्रिया र चरण पनि शान्तिपूर्ण रुपमा पूरा गर्न राजनीतिक दल सफल हुने आशा व्यक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार संघीय संरचना कार्यान्वयनका निम्ति सम्पन्न निर्वाचन ऐतिहासिक क्षण हो भन्दै महासचिवले राजनीतिक दल, नेपाल सरकार तथा नागरिक समाजका अगुवालाई समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुभएको छ ।

नेपाल सरकार, राजनीतिक दल तथा नागरिक समाजबाट समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धनमा हुने प्रयासमा राष्ट्र संघबाट साथ सहयोग र समर्थन रहने महासचिवको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot