Logo

काठमाडौं क्षेत्र नम्बर ५ मा महत र पोरखेलवीच कुस्ताकुस्ती : महतले भने,‘मत गन्ने हो भने बहिष्कार गर्छु’



काठमाडौँ, २३ मंसिर । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा त्यहाँका मतदान अधिकृतले हस्ताक्षर गरेको नभई फरक खालको मतपत्र भेटिएपछि फेरि विवाद उत्पन्न भएको छ ।

उक्त क्षेत्रका उम्मेद्धवारहरुवीचको विवादले उग्र रुप लिएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार डा. प्रकाशशरण महत र वाम गठबन्धनका उम्मेद्धवार ईश्वर पोखरेलवीच भनाभन नै भएको छ । उनीहरुवीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शी एक स्थानीयले जानकारी दिए ।

हिजोपनि एउटा बुथमा मुचुल्का भन्दा बढी मत भेटिएपछि हिजो रातभर रोकिएको मतगणनामा फेरि विवाद उत्पन्न भएको छ। बिहान पुनः सुरु भएको मतगणना पछि पुन यस्तो विवादास्पद खालको मतपत्र भेटिएको छ । ती मतपत्रमा कस्ले हस्ताक्षर गरेको हो भनी त्यहाँ खटिएका मतदान अधिकृत र अन्य कर्मचारीको हस्तक्षर भिडाएर हेर्दा त्यो कसैसँग नमिलेपछि मत गणनामा बसेका काँग्रेसका उमेदबार डा प्रकाशशरण महतका एजेन्टले विरोध गरेका थिए ।

तर, सो विरोधपछि भने मतदान अधिकृतले कुनै सुनुवाई नगगरेका र उल्टै प्रहरी लगाएर बाहिर निकालिदिएका एजेण्ट उत्तम पाठकले जानकारी दिए । उनले भने, अहिले भित्र काँग्रेसको उम्मेदबारको एजेन्ट कोही छैन, हामीलाई प्रहरी लगाएर बाहिर निकालेर मत गणना गरिएको छ ।

हरेक बुथमा कतै मुचुल्का भन्दा बढी नै मतपत्रहरु भेटिने त कतै यस्ता मतदान अधिकृतिले हस्ताक्षर नै नगरेका बेवारिसे मतपत्रहरु भेटिने गर्दा पनि आफूहरुले बारम्बार कुरा उठाउदा कुनै सुनुवाई नभएको र उल्टै प्रहरी लगाएर आफूहरुलाई बाहिर निकालेर एकलौटी रुपमा मत गनिरहेको भन्दै पाठक र काँग्रेसका एजेन्ट तथा शुभचिन्तकहरुले व्यापक विरोध र गुनासो गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot