काठमाडौँ, २३ मंसिर : काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)