Logo

शुक्लालाई प्रमोद यादवको चेतावनी : अब रुपन्देही आउने चेष्टा नगर्नुहोस्



रुपन्देही, २३ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा राजपाका उम्मेद्धवार सर्वेन्द्रनाथ शुक्लालाई कांग्रेसका उम्मेद्धवार प्रमोद यादवले भारी मत अन्तरले चुनाव जित्ने भएका छन् । यादवले शुक्लामाथि सुरुवातदेखि नै विभिन्न आरोप लगाउँदै आएका थिए ।

केही समय अघि रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै उनले आफूले चुनाव जित्ने ठोकुवा नै गरेका थिए । त्यतिमात्रै होईन, उनले आफ्नो प्रतिद्धन्द्धी पनि प्रमोद यादवले आफूले चुनाव नजिते सम्पूर्ण व्यापार, व्यवसाय नै शुक्लालाई सुम्पिने घोषणा गरेका थिए ।

उनले अब फेरि रुपन्देही नआउन समेत शुक्लालाई चेतावनी दिएका छन् । उनले भनेका थिए,‘फेरि रुपन्देही आउने चेष्टा नगर्नुहोस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot