Logo

नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिए



काठमाडौं, २३ मंसिर ।नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिएका छन्।

५ हजार मत गन्न बाँकी रहँदै भट्टराईलाई श्रेष्ठले जितको बधाई दिएका हुन्। गोरखा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका भट्टराई र श्रेष्ठका कारण यस क्षेत्रमा सबैको ध्यान खिचेको थियो।

गोरखा २ मा बाबुराम भट्टराईले ५ हजारभन्दा बढी मतले लिड गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्