Logo

यस्ता छन् थ्रेस होल्ड पार गरेर राष्ट्रिय दल बन्न सक्ने र नसक्ने पार्टीहरुको अवस्था



२३ मंसिर, काठमाण्डौ । प्रतिनिधीसभा र प्रदेशसभा चुनावको नतिजाले लगभग सबै दलको हैसियस आँकलन गर्न सकिने अवस्था भइसकेको छ । प्रमुख तीन ठूला दल भनिदै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी अहिले पनि टप थ्रिमा नै पर्ने निश्चित छ ।

चौँथो शक्तिको रुपमा मधेशवादी दलहरु राजपा र संघिय समाजवादी फोरममध्ये कुनै एक आउने अनुमान गर्न सकिन्छ । यसअघि चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपाल यसपटक कमजोर देखिएको छ । पार्टी एकता गरेर पुनः फुटेका दुई राप्रपामध्ये कमल थापाकोद राप्रपाबाट राजेन्द्र लिङ्देनले प्रत्यक्षतर्फ चुनाव जित्ने पक्का भइसकेको छ भने पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने भएको छ । उनको दलले समानुपातिकतर्फ पनि तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न मुस्किल छ ।

कमल थापा नेतृत्वको राप्रपाले पनि समानुपातिकतर्फ तीन प्रतिशत ल्याउन निकै कठिन देखिएको छ । यसअघिको दोस्रो संविधानसभाको चुनावमा ल्याएको लोकप्रिय मत पनि अहिले ल्याउन नसक्ने स्पष्ट छ । यस अर्थमा यो दलले पनि राष्ट्रिय दलको मान्यता पाउन गाह्रो छ ।

राजपा र फोरमले प्रत्यक्षतर्फ तराई मधेश क्षेत्रबाट राम्रो सिट जित्नेछन् भने समानुपातिक तर्फ पनि थ्रेस होल्ड पार लगाउने देखिन्छ ।
यस पटक राष्ट्रिय दल बन्ने लक्ष्यका साथ चुनावमा सहभागि भएको विवेकशील साझा पार्टीले पनि प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसक्दा राष्ट्रिय दल बन्न नसक्ने भएको छ । समानुपातिकतर्फ भने विवेकशीलले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने अनुमान गरिएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले प्रत्यक्षतर्फ एक सिट जितेपनि समानुपातिकमा तीन प्रतिशत मत ल्याउन सक्ने–नसक्नेमा आशंका छ । पार्टी संयोजक भट्टराई आफैले प्रत्यक्षतर्फ चुनाव जिते पनि समानुपातिकमा कति मत आउँछ भन्ने चाँही नतिजा नै कुर्नुपर्ने हुन्छ ।

अन्य साना दलहरु नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतले पनि प्रत्यक्षतर्फ एक सिट र समानुपातिक तर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिदैन ।

कानुनी व्यवस्था अनुसार तीन प्रतिशत भन्दा थोरैमात्र कम मत प्राप्त गर्ने दलले समानुपातिक सिट प्राप्त गर्ने छैनन् भने तीन प्रतिशतको थ्रेसहोल्ड टेकाउने दलले एक भन्दा बढिनै सिट प्राप्त गर्नेछन् । तर उनीहरुलाई विगतमा जस्तो ठूला दल सरहको सुविधा सहितको संसदीय दल सञ्चालनको सुविधा भने प्राप्त हुने छैन ।

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने छन्। समानुपातिकमा तीन प्रतिशत मत र्पुयाएर पनि प्रत्यक्षतर्फ एक सिट जित्न नसक्ने दल वा प्रत्यक्षतर्फ केही सिट जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने छैन ।

नयाँ कानुनी व्यवस्था अनुसार संसदीय दल गठनका लागि पनि कम्तिमा दुई सिट् जित्नु आवश्यक छ । ‘संघीय संसद वा प्रदेशसभाको निर्वाचनमा कम्तिमा दुई स्थानमा निर्वा्चित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने छ,’ राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २४ मा भनिएको छ । यसअघि यस्तो कानुनी व्यवस्थाको अभावमा देशभरीबाट १८–२० हजार मत जम्मा गरेका दलले पनि एक सिट प्राप्त गरी संसदीय दलको नेताको सुविधा लिएका थिए ।
स्थानीय तहको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाहेकका दलहरुले ३ प्रतिशत भन्दा कम मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार, पहिलो संविधानसभामा तीन प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दलहरुको संख्या ५ र दोस्रोमा ४ मात्रै थियो । त्यसरी २०४८ मा ६, २०५१ मा ४ र २०५६ मा ६ दलले तीन प्रतिशत मत कटाएका थिए ।

दोस्रो सभाका ३० दलमध्ये एक सिटे दलको संख्या नै दश थियो भने दश सिट भन्दा थोरै प्रतिनिधित्व भएका दलहरुको संख्यानै थप एक दर्जन थियो । ६ सय १ सदस्यीय संसदमा तीन ठूला दलसहित ८ दलको सिट संख्यामात्रै दोहोरो अंकमा थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot