Logo

दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट कृष्णबहादुर महरा विजयी



घोराही, २३ मंसिर । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् ।माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् ।

महराले ३९ हजार ९५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot