Logo

शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो



डडेलधुरा, २३ मंसिर । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ । डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन् ।

उनले कांग्रेसका रघुबर भट्टलाई २ हजार १६९ मत अन्तरले हराए । बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ हजार ३ सय ९४ मत पाए ।



प्रतिक्रिया दिनुहोस्