Logo

रौतहटमा झडप, एकको मृत्यु



गौर, रौतहट, २३ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ ।

चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डको बालचनपुरमा चक्काजाम गरेका छन् ।

साँझदेखि भएको चक्काजामले गर्दा गौर चन्द्रपुर सडकखण्डको यातायात ठप्प भएको छ । भोट नदिएका कारण योजना बनाएर यसरी ठाकुरलाई मारिएको स्थानीय बासिन्दाले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot