Logo

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी अर्थात डा. गोविन्दराज पोखरेल र दिपकुमार उपाध्याय



२४ मंसिर, काठमाण्डौ । हुँदाखाँदाको राजदुत पद त्यागेर संसद बन्ने महात्वकांक्षा बोकेका दिपकुमार उपाध्याय र पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पद छोडेर चुनाव जित्न गएका डा. गोविन्दराज पोखरेलले आफैँमाथि बन्चरो प्रहार गरेजस्तो भएको छ ।

भारतका लागि नेपालका राजदुत दिपकुमारले चुनाव जित्ने लक्ष्यसहित राजदुत पदबाट राजिनामा दिएर नेपाल फर्किएका थिए । तर उनले चुनाव हार्ने भएका छन् ।
उता भुकम्पपछिकोपुनः निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको नेतृत्व गरिरहेका गोविन्द पोखरेलले पाएको जिम्मेवारी राम्रोसँग पूरा गरेको भए भूकम्प पीडितको तर्फबाट स्याबासी पाउने थिए ।

तर चुनाव जितेर सासंद,मन्त्री बन्ने सपना देखेका पोखरेलले पन चुनाव हार्ने भए ।
दिपकुमारलाई त राजदुतको रुपमा अझै धेरै अवसर थियो । नेपाल–भारतबिचको सम्बन्ध सुधारको मौका पाएका उनले मौकाको सदुपयोग गरेर सफल बन्न सकेको भए जनताको नजरमा राम्रै छाप पर्ने थियो ।

डा पोखरेल पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्युठानमा चुनाव लड्न गएका थिए । उनलाई वाम गठबन्धनको समर्थन पाएकी जनमोर्चाकी दुर्गा पौडेलले हराउने भएकी छिन् ।

उपाध्याय राजदुत पदबाट राजिनामा दिएर कपिलवस्तु क्षेत्र नम्बर १ बाट चुनाव लडेका छन् । उनलाई माओवादीको चक्रपाणी खनालले हराउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्