Logo

तनहुँ २ को कमा खसेकोभन्दा ४२ मत बढि भेटिए, प्रदिप पौडेलले गरे पुनः मतदानका लागि उजुर



२४ मंसिर, तनहुँ । नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन् । तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसले आफ्ना उमेद्वार पछि परेको कुरा मान्न तयार देखिएको छैन।

स्थानिय काँग्रेसले मतगणनामा अनियमितता भएको आशंका गरेको छ।

तनहुँको क्षेत्र नं. २ क मा कुल खसेको मत भन्दा ४२ मत बढी पाइएपछि काँग्रेस उमेद्वार प्रदिप पौडेलले मतगणना रद्ध गरि पुन मतदानको माग गरेका छन् ।

पोडेलले तनहुँको क्षेत्रीय निर्वाचन कार्यालय २ मा पुन मतदानको माग गर्दै निवेदन दिएका छन् ।

५ मतले पछि परेको भन्दै माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालालाई निर्वा्चित भएको घोषणा गराउने तयारी भइरहँदा यो बढी मतको पोल खुलेको हो ।

सो क्षेत्रको हंसबाहिनी बुथमा खसेको भन्दा ४२ मत बढी भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्