Logo

ओली सरकारको रथमा चढ्ने दाउमा उपेन्द्र यादव !



  • काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभाको निर्वाचन परिणाम आएलगत्तै संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने पक्कापक्की भएको छ ।
  • निर्वाचन मतपरिणामबाट निकै उत्साहित बनेको वाम गठबन्धनले अबको १५ दिनभित्रै नयाँ सरकार गठन गर्नेछ । सूत्रहरुले बताए अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यसबारेमा विशेष रुपमा वाम गठबन्धनले कुरा अघि बढाएको छ । यादवले पनि ओलीको सरकारमा सहभागी हुनेबारे ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।
  • यता एमाले नेताहरुले पनि ओलीले नै अब बन्ने सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । वाम गठबन्धनको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतापछिको पार्टीको नेतृत्व गर्नेबारे दुई दलवीच सहमति भैसकेको छ।
  • राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सरकारमा सहभागी गराउनेबारे वाम गठबन्धनका नेताहरुले आन्तरिक छलफल गरेका छन् । यद्धपी यसबारेमा कुनै ठोस कुरा अघि भने बढाईएको छैन । तर अध्यक्ष ठाकुरले भने ओली नेतृत्वको सरकारमा सहभागी हुने ईच्छा दर्शाएका छन् ।
  • एमाले र माओवादी केन्द्रबीच राजनीतिक एकता भइसकेपनि कानुनी र संगठनात्मक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पहिले सरकार गठन र त्यसपछिमात्र पार्टी एकता दुवै दलका नेताहरुले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्