Logo

देउवा असफल भए, राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ : सिंह



काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा व्यापक समिक्षा गर्नुपर्ने बताएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई असफल नेताको संज्ञा दिए । हिमालय टेलिभिजनको धमलाको हमलामा आज राति प्रशारण हुने कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी सभापति देउवाले तत्काल राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माँग गरेका छन् ।

पार्टी सभापतिको अलोकप्रिय निर्णय र अदुरदर्शीताको कारणले गर्दा चुनावमा पार्टीले शर्मनाक हार व्यहोर्नुपरेको उनको भनाई थियो ।

नेता सिंहको अन्र्तवार्ता आज राति ८ः०५ बजे प्रशारण हुने भएकोले विस्तृत अन्र्तवार्ता हेर्न नभुल्नुहोला।



प्रतिक्रिया दिनुहोस्