Logo

चुनाव अघि ऋषि धमलासँग ओलीले बोलेको कुरा सत्य सावित,‘कांग्रेसले २० देखि २५ सिट पनि कटाउन सक्दैन्’ (भिडियोसहित)



काठमाडौं, २४ मंसिर । निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको छ ।

निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले १४ सिटमा विजयी हाँसिल गरेको छ ।
मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचन सुरु हुनुभन्दा दुई दिन अघि अर्थात मौन अवधि चलिरहेको बेला (मंसिर १८) गते पत्रकार ऋषि धमलाले एमाले अध्यक्ष ओलीसँग विशेष अन्र्तवार्ता गरेका थिए ।

उक्त अन्र्तवार्तामा ओलीले कांग्रेसले २० देखि २५ सिटपनि नकटाउने ठोकुवा नै गरेका थिए । आज आएर उनको यो ठोकुवा पूरा भएको छ ।

अध्यक्ष ओलीले निर्वाचनलगत्तै वाम गठबन्धनले सरकार बनाउनेसमेत बताएका थिए । (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्