Logo

तराई मधेशमासमेत कांग्रेस पत्तासाफ, संविधान संशोधनको मुद्दा विक्न सकेन



२४ मंसिर, काठमाण्डौ । तराई मधेशमा नेपाली कांग्रेसको राम्रो जनमत छ भनिए पनि चुनावी नतिजा भने उल्टो आएको छ । कञ्चनपुरदेखि झापासम्मका निर्वाचन क्षेत्रमा कांग्रेसले करिब १० सिट मात्रै जित्ने देखिएको छ ।

हिलेसम्मको मत परिणाममा कांग्रेसका ठूला नेताहरु शेखर कोइराला, विमलेन्द्र निधी, महेश आचार्य, आरजु राणा, दिपकुमार उपाध्याय, फरमुल्लाह मन्सुर लगायतका नेताह पराजित भइसकेका छन् ।

त्यसैगरी रामजनम चौधरी, रामकृष्ण यादव लगायतका नेताहरुसेत पराजित भएका छन् । संविधान संशोधनको प्रयास गरेर मधेशी जनताको मन जित्ने प्रयास गरेको कांग्रेसले चुनावमा भने यो एजेण्डा विकाउन सकेन ।

कांग्रेसका पराजित नेता शशांक कोइरालाले भने राजपा–फोरमको गठबन्धनका कारण नै कांग्रेसले हार बेहोरेको हो । त्यसैगरी कतिपय ठाउँमा भने वाम गठबन्धनका कारण कांग्रेसले हारेको कोइरालाको तर्क छ ।

झापादेखि कञ्चनपुरसम्म ७८ वटा निर्वाचन क्षेत्र छन् । ति मध्ये अहिलेसम्म १० सिट मात्रै कांग्रेसले जित्ने अवस्था छ । यसअघि दोस्रो संविधानसभाको चुनावमा कांग्रेसले त्यस क्षेत्रबाट ३८ सिट जितेको थियो । यद्यपी त्यसबेला अहिलेकोभन्दा बढि निर्वाचन क्षेत्र थिए ।

जनताले मन नपराएको नभई गठबन्धनका कारण कांग्रेस पराजित हुनुपरेको कोइराला बताए ।
तराई मधेशका पर्सा, सप्तरी, कञ्चनपुर, कैलाली, रुपन्देही, सुनसरी लगायतका जिल्लामा कांग्रेसको लज्जास्पद नतिजा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot