Logo

यस्तो छ प्रकाशमान सिंहको शेरबहादुर देउवालाई सभापतिबाट हटाउने योजना (भिडियोसहित)



२५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशन बोलाएर पार्टीको नेतृत्व आफूले लिने बताएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै नेता सिंहले पार्टीको नेतृत्व सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै अब पार्टी नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए ।

चुनावमा पार्टीले लज्जास्पद हार बेहोरेपछि त्यसपछि त्यसको जिम्मेवारी देउवाले लिनुपर्ने उनले बताए । चुनावमा टिकट वितरण गर्दासमेत पार्टी नेतृत्वले कमजोरी गरेको सिंहको भनाई छ ।

शसक्त प्रतिपक्षको भूमिकामा रहेर पार्टी संगठन विस्तार गर्नुपर्नेमा सिंहले जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्