Logo

काम चलाउ बनेको देउवा सरकारले जाँदाजाँदै गरेका निर्णयहरु



काठमाडौं, २५ मंसिर । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सन्चारमन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ । बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् ।

त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।

सोमवारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेबारेमा भने निर्णय गरेन । बैठकमा यसबारेमा छलफल नभएको र अर्को बैठकले निर्णय गर्ने शहरी विकास मन्त्री दिलनाथ गिरीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot