Logo

धनुषा-४ बाट एमालेका रघुवीर महासेठ विजयी



काठमाडौं, मंसिर २५: धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

प्रदेश नं २ को प्रतिनिधि सभामा एमालेको यो दोश्रो जित हो। यसअघि सिरहा-३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गरे।

महासेठले २२ हजार ५ सय ३२ मत ल्याए। पराजित यादवले १९ हजार ९ सय ९१ मत प्राप्त गरे। ‘कोर मधेस’मा एमाले उम्मेद्वार प्रतिष्पर्धामा समेत देखिएका छैन। स्थानीय तहको निर्वाचनमा जित हात पारेको बारा(सिमरा) समेत एमालेले गुमाएको छ।

बारा १ मा एमालेका अच्युत मैनाली २ हजार मतले पराजित भए। उक्त क्षेत्रमा कांग्रेसका उमाकान्त चौधरी २४ हजार ४ सय ५० मत ल्याएर विजयी भए। जबकी मैनालीले २२ हजार ३० मत ल्याएर पराजय बेहोरे।

पहाडी जिल्लाहरूमा जित निकालेको एमाले मधेसका ८ जिल्ला समेटिएको प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा एमाले निकै पछाडि देखिएको छ।



प्रतिक्रिया दिनुहोस्