Logo

एमालेमा प्रवेश गर्ने भनि हल्ला चलाइएकोप्रति राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनको आपत्ति



२५ मंसिर, काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफूलाई एमालेमा प्रवेश गर्ने हल्ला चलाएर अपमानित गर्न खोजिएको बताएका छन् ।

वामपन्थीसँग तालमेल गरेर निर्वाचन जितेलगत्तै सामाजिक सञ्जालमा अब लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । एमालेमा प्रवेश गर्ने सहमति भएकै कारण वाम गठबन्धनले लिङ्देनलाई मतदान गरेकोसमेत आशंका गरिएको थियो । तर लिङ्देनले आफू एमालेमा प्रवेश गर्ने कुरा हावादारी भएको प्रतिक्रिया दिएका छन् ।

लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपालाई राष्ट्रिय पार्टी बन्ने सम्भावनाको नजिक ल्याएका छन् ।

पार्टी अध्यक्ष कमल थापाले कांग्रेससँग तालमेल गरेर मकवानपुरमा चुनाव हारेका बेलामा झापा ३ मा लिङ्देनले वामपन्थीसँग तालमेल गरेर पार्टीको साख जोगाएका छन् । त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्