Logo

प्रत्यक्षतर्फ चुनाव लडेका कांग्रेसका सबै महिला उम्मेदवार पराजित, वाम गठबन्धनबाट पाँच जना निर्वाचित



२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको चुनावमा एक जना महिला पनि जित्न सकेनन् ।

यसअघि देशकै ठूलो पार्टी बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको नतिजामा तेस्रो दलमा खुम्चिएसँगै महिलाको प्रतिनिधित्व शुन्यमा झरेको हो ।

प्रत्यक्षतर्फ चुनाव लडेका महिला उम्मेदवार सबै पराजित भएपछि कांग्रेसमा महिलाको उपस्थिती नै कमजोर सावित भएको छ ।

आरजु राणा, अम्बिका बस्नेत, डिना उपाध्याया लगायतका कांग्रेसका महिला उम्मेदवार पराजित भएका छन् ।

प्रतिनिधिसभाका करिब १ सय ३० क्षेत्रको मत परिणाम आउँदा जम्मा चार महिला निर्वाचित भएका छन् । ती सबै वाम गठबन्धनका उम्मेदवार हुन् ।

ती मध्ये दुई माओवादी र एक एमालेका महिला उम्मेदवार छन् ।

सबैभन्दा पहिले रोल्पा पूर्वबाट माओवादी उम्मेदवार कमला रोकाले जित हात पारेकी थिइन् ।

माओवादीकी पोलिट्व्यूरो सदस्य पम्फा भुसाल चुनाव जित्ने अर्की महिला हुन् । उनले ललितपुर तिनबाट कांग्रेसकै उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी हुन् ।
त्यस्तै एमालेकी पवित्रा निरौला झापाको क्षेत्र नम्बर २बाट विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई हराएर निर्वाचित भएकी हुन् ।

त्यस्तै कन्चनपुर १ मा माओवादीकी विना मगरले कांग्रेसका दिवान सिंह विष्टलाई पराजित गरिन् ।

त्यसैगरी प्युठानमा दर्गा पौडेलले जितेकी छिन् । उनले कांग्रेसका गोविन्दराज पोखरेललाई पराजित गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot