Logo

चुनाव जितको खुशीमा परिवारका सदस्यसँग प्रचण्ड, स्वर्गीय प्रकाशलाई सम्झिँदै भक्कानिए



चितवन, २५ मंसिर । चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२७ को फराकिलो मतान्तरले पराजित गरेका हुन ।प्रचण्ण्डले ४८ हजार २६९ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्व पाण्डले ३८ हजार ९४२ मत पाए ।

उनले निर्वाचित भएपछि परिवारका सदस्यहरुसँग फोटोपनि खिचाए । जहाँ दाहाल त्यति खुशी मुद्रामा देखिएका छैनन् । उनीसँग छोरी एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उनको पती सँगै देखिएका छ्न ।

त्यस्तै दाहाल दम्पतीसँग अर्का छोरी ज्वाँईहरु र नाति, नातिनीहरु पनि तस्विरमा देखिएका छन् । सायद, उनले यो विजयी उत्सवमा स्वर्गीय छोरा प्रकाश दाहाललाई धेरै ‘मिस’ गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot