Logo

देउवाप्रतिको आक्रोश कसरी शान्त होला ?



काठमाडौं।  निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरूले समेत उनीप्रति आक्रोश पोखिरहेका छन् ।

चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने आरोप उनीमाथि लागिरहेको छ । उनका अभिव्यक्तिहरू समेत विवादमा परे । विवादास्पद बोलीका कारण समेत मतदाताको विकर्षण बढ्यो । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत प्रकरणमा विवादमा मुछिए । एआइजीहरूको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो । देउवाका कदमले नोक्शान पुगेको विश्लेषण काँग्रेसभित्र भएको छ । देउवाका कारण पार्टीले हार व्यहार्नुपरेको भन्दै प्रभावशाली नेताहरू समेत चिढिएका छन् ।

देउवाप्रति पार्टीभित्र आक्रोश बढिरहँदा उनका पक्षधरहरूले संविधान कार्यान्वयनका लागि हुनुपर्ने चुनाव गराएकाले जित भएको तर्क गरेका छन् । तर, देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज समेत उठेको छ । यसलाई थामथुम पार्न देउवालाई सहज छैन । विशेष महाधिवेशनको समेत आवाज उठिरहँदा यसलाई व्यवहारमा उतार्ने क्षमता असन्तुष्ट नेताहरूमा होला कि नहोला ?

विशेष महाधिवेशन बोलाइए देउवाको विकल्पको अहिल्यै खोजी हुनसक्छ । तर, काँग्रेसभित्र विशेष महाधिवेशन आयोजना भइहाल्ने सम्भावना कम छ । काँग्रेस नेता कार्यकर्ता चुनावका लागि खटिएकाले राजधानीमा आइसकेका छैनन् । केही नेताहरू राजधानी फर्कने क्रम शुरू भएको छ । नेताहरू फर्किएपछि देउवाप्रतिको आक्रोशले कस्तो रूप लेला चासोको विषय छ ।

हालको असन्तुष्टि र आक्रोश समय बित्दै जाँदा सामसुम हुने बुझाई देउवा पक्षधरहरूको छ । तर, उनीसँग नजिकिएकाहरूले समेत असन्तुष्टि पोखिरहेकाले देउवालाई सभापतिको कुर्सी जोगाउन सजिलो छैन । देउवाले नेतृत्व सजिलै हस्तान्तरण गर्लान् रु पार्टीभित्र बढेको आक्रोशलाई शान्त बनाउन के गर्लान् रु उनको भावी रणनीति के होला रु प्रतिक्षाको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot