Logo

सभापति देउवासहित पदाधिकारी र केन्द्रिय सदस्यहरुले राजिनामा दिएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ : रक्षामन्त्री प्रधान



चुनावमा सफल व्यक्ति देउवा र ओली होइनन्, प्रचण्ड हुन्

२५ मंसिर, काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले तत्काल पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति तोकेर चुनावमा बेहोरेको हारको समिक्षा गर्नुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै प्रधानले चुनावमा कांग्रेसले बेहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजिनामा दिएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
क्बलका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको साक्षात्कारमा प्रधानले भने, “पार्टी सभापतिको नेतृत्वमा चुनाव भएर संघीइ लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र संविधान कार्यान्वयन हुनु ठूलो उपलब्धि हो । तर कांग्रेस हार्नुमा चाँही नेतृत्व्को ठूलो कमजोरी छ । त्यसैले पार्टी सभापति, पदाधिकारी, केन्द्रिय सदस्यहरु र जिल्लासभापति सबैले सामुहिक राजिनामा दिनुपर्छ । विशेष महाधिवेशन गराएर युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।”

अर्का नेता प्रकाशमान सिंहले आइतबार ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा बोलेको कुराप्रति अपात्ति प्रकट गर्दै भने, “प्रकाशजिलाई सभापति देउवाको राजिनामा माग्ने अधिकार छैन । उहाँ काठमाण्डौ जिल्ला सभापति हुँदा कांग्रेसले सबै सिट हारेको थियो । तर उहाँले राजिनामा नदिइकन चुप लागेर बस्नुभयो । अहिले कसरी राजिनामा माग्नुभयो ? यसमा मेरो असहमति छ । त्यो नैतिक अधिकार उहाँमा छैन ।”

 

यसअघि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदा पनि कांग्रेस पराजित भएको तर राजिनामा नदिएको प्रसंग कोट्याउँदै प्रधानले नैतिकताका आधारमा राजिनामा दिने संस्कारको सुरुवात अहिलेका सभापति देउवाले गर्नुपर्ने बताए । “कांग्रेसले चुनाव हारिसकेपछि देउवाले राजिनामा दिएर आदर्श व्यक्ति बन्न सक्नुपर्छ । यही अवस्थामा उहाँको नेतृत्वले पार्टीलाई अगाडि बढाउन सक्दैन ।” उनले भने ।

सभापति देउवाले अनेक चुनौतिकाबिच पनि चुनाव सम्पन्न गराएर देशका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै प्रधानले कांग्रेसले चुनाव हाुर्नको पछाडि देउवा मात्र नभै सबै जिम्मेवार नेता भएको बताए ।
“सबैले सामुहिक रुपमा जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने बताए । देउवालाई मात्र दोष दिएर कोही पनि उम्कन मिल्दैन । केन्द्रिय पदाधिकारीहरु सबैले राजिनामा दिनुपर्छ ।” प्रधानले भने ।

सभापति देउवाले चुनावी प्रचारका क्रममा भने नयाँ नेतृत्वका रुपमा अरु कसैलाई अघि नसार्नु गल्ती भएको बताए । कसैको नाम नलिए पनि अब नयाँ व्यक्तिलाई नेतृत्व दिन्छु भन्न सकेको भए जनतामाझ सकारात्मक सन्देश जाने प्रधानको तर्क थियो । चुनावमा जाँदा प्रधानमन्त्रीको रुपमा कसैलाई पनि अघि नसार्नु हारको एउटा कारण हो । नेतृत्वले चुनावमा बेला दिएका अभिव्यक्तिलाई पनि जनताले रुचाउन नसकेको प्रधानको भनाई छ ।

त्यसैगरी कांग्रसको भोट बैँक रहेको प्रदेश नम्बर २ मा कांग्रेसले राजपा र संघिय समाजवादी फोरम नेपालसँग प्रभावकारी रुपमा तालमेल गर्न नसकेको कारणले पनि कांग्रेसले हारेको उनको भनाई छ ।
फरक प्रसंगमा प्रधानले चुनावमा एक्लै जाँदा हार्ने थाहा पाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग जनु किसिमको तालमेल गरे त्यसले प्रचण्डलाई सफल बनाएको बताए ।

यसपटकको चुनावमा शेरबहादुर देउवा र केपी ओलीभन्दा पनि प्रचण्ड सफल भए । उनले राजनीतिमा राजनीतिमा सम्भव र असम्भवको खेल हो भन्थे, त्यही भयो ।
एमालेसँग तालमेल गरेर हारिसकेको पार्टीलाई जिताए । यो ठूला उपलब्धि हो ।

चुनावअघि एमालेसँग गठबन्धन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण सफलता हासिल गरे । राष्ट्रिय दलसमेत बन्न नसक्ने अवस्थामा पुगेको माओवादीलाई राम्रो हैसियतमा पु¥याउनु प्रचण्डको सफलता हो । प्रधानले भने ।
एमाले–माओवादी गठबन्धन सत्ताका लागि भएको जिकिर गर्दै प्रधानले नेपाली कांग्रेस प्रतिपक्ष दलको भूमिकामा रहने बताए ।

प्रधानले भने, “सरकारको गुण र दोषका आधारमा विरोध र समर्थन गछौँ । संसदमा शसक्त प्रतिपक्षको भूमिकामा रहन्छौँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot