Logo

कांग्रेस हार्दा गुमनाम बिनोद चौधरी सशांकको विजयी जुलसमा यसरी झुल्किए (तस्विरसहित)



नवलपरासी, २५ मंसिर । नेपाली कांग्रेसले यो निर्वाचनमा सर्मनाक हार व्यहोरेपछि गुपचुप बसेका उद्योगपति एवम् कांग्रेसका नवप्रवेशी विनोद चौधरी आज नवलपरासी–१ मा प्रतिनिधिसभाका लागि निर्वा्चित डा. शशांक कोइरालाको विजय ¥यालीमा सहभागी भएका छन् ।

उनले आज आफ्नो फेसबुक पेजमा सशांकको विजय ¥यालीमा सहभागी भएको शेयर गरेका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन,‘क्षेत्र नं. २ बाट कांग्रेसकै देवेन्द्रराज कँडेल प्रतिनिधिसभामा विजयी हुनुभएको छ । प्रदेश सभामा निर्वा्चित हुनुहुने कांग्रेसका कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने र वैजनाथ कलवारलाई पनि हार्दिक बधाई । अहिलेको सन्दर्भमा नवलपरासीको चुनावी नतिजाले साह्रै महत्वपूर्ण भूमिका खेल्छ । यो इतिहास निर्माणमा म पनि सहभागी हुन पाउँदा गर्व लागेको छ । हामीले लिएर गएका एजेन्डा र योजनालाई जनताले विश्वास गर्नुभएको छ । हामीले यो विश्वासलाई सधैं शिरोपर गरेर विकास र समृद्धिको बाटो पहिल्याउनेछौं ।’



प्रतिक्रिया दिनुहोस्