Logo

संखुवासभामा मतगणना विवाद : एकतर्फी विजयी घोषणा गरिए अदालत जाने खड्काको चेतावनी



काठमाडौं, २५ मंसिर । संखुवासभामा बदर मत बढि कांग्रेसको देखाईएको भन्दै कांग्रेसले पूनः मतगणनाको माँग गरेको छ । पूनः मतगणना नगरी एकलौटी रुपमा वाम गठबन्धनका उम्मेद्धवारलाई विजयी गराईए आफू अदालत जाने कांग्रेसका उम्मेद्धवार दिपक खड्काले चेतावनी दिएको स्रोतको दाबी छ ।

स्वस्तिक चिन्हको विषयलाई लिएर संखुवासभामा मत गणना स्थगित भएको छ सोमबार बिहान ५ बजेबाट स्थगित भएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद उत्पन्न भएको थियो । मतगणनाका क्रममा सदरमत बदर र बदरमत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद आएको हो ।

आइतबार राति पनि स्वस्तिक चिन्हको बिषयलाई लिएर ४ घण्टा मतगणना रोकिएको थियो । कांग्रेसले हालसम्मको बदरमत पुनः गणनाको माग गर्दे निर्वाचन आयोगमा उजुरी गरेको छ ।

कांग्रेसका प्रतिनिधिसभा उमेदवार दीपक खड्काले बदरमतलाई पुनः मतगणनाको माग गरेका छन् । एमालेका उम्मेदवार राजेन्द्र गौतमले रोकिएको मतगणना सुचारु गर्न माग गरेका छन् ।

सर्वदलिय बैठकले गरेको निर्णयलाई नमानी मुख्य निर्वाचन अधिकृतले आफुखुसी मत बदर गरेको कांग्रेसको आरोप छ । प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतमले २८ हजार ८ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका दीपक खड्काले २७ हजार ६ सय ३७ मत ल्याएका छन् । यसमा २ हजार ७ सय मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot