Logo

माओवादी केन्द्रबाट ५० हजार कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे



अर्घाखाँची २५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति हुन् ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका हुन् । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन ।

रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।

माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए । प्रदेशसभातर्फ यो समाचार तयार पार्दासम्म दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन।



प्रतिक्रिया दिनुहोस्