Logo

सवारी दुर्घट्नामा परि घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर



२६ मंसिर, काठमाण्डौ । सवारी दुर्घट्नामा परि गंभिर घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् ।
टाउकोमा गहिरो चोट लागेका कारण दिपेशको आईसियूमा उपचार भईरहेको छ । उपचारमा संलग्न डा. अमिर थापाले भने टाउकोका गंभिर चोट लागेका कारण आईसियूमा राखेर उपचार भैरहेको जानकारी दिए । छोराको स्वास्थ्य अवस्था वुझन उपराष्ट्रपति पुन आज दिउँसो अस्पताल पुगेका थिए ।

पुनको ग्राण्डि इन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ । रोल्पाको मिझिङ र सुलीचौर भन्ने स्थानमा उनी चढेको गाडी दुर्घटना भएको हो । दुर्घटना भए लगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याईएको थियो । निर्वाचनको सिलसिलामा पुन गृहजिल्ला रोल्पा गएका थिए ।

पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएका थिए ।

दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot