Logo

एसीसी यु-१६ क्रिकेट : नेपालले आज हङकङसँग खेल्ने



काठमाडौं, २६ मंसिर  । एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ ।

थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ ।सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४६ रनमै अल आउट भयो । नेपालका नारायण जोशीले १७ रन खर्चेर ५ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुनुपूर्व एक सय ७९ रन बनाएको थियो ।

हिजो भएका अन्य खेलहरुमा चीनले भुटानलाई ६९ रनले हराँउदा सिंगापुरले मलेसियालाई २९ रन तथा हङ्गकङ्गले म्यानमारलाई दुई सय १२ रनले पराजित गरे ।

आठ राष्ट्र सहभागी प्रतियोगिताको दुई समहुबाट शिर्ष चार टोली सेमीफाईनलमा पुग्नेछन् ।



प्रतिक्रिया दिनुहोस्