Logo

१ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसको कति सिट आयो ?



काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको हो ।
वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले २३ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एकरएक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
घोषित अन्तिम परिणाममा सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्