Logo

इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी



काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् ।

गएराति भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हरायो । हडर्स्फिल्ड टाउनको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले एक–एक गोल गरे ।

घरेलु टोली हडर्स्फिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा बनर््लेले स्टोक सिटीलाई १–० ले हराउँदा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २-१ ले पाखा लगायो ।

प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीसँग खेल्दा म्यान्चेस्टर युनाईटेड र बर्नमाउथ, आर्सनल र वेष्ट ह्याम युनाईटेड, लिभपुल र वेष्ट ब्रोम, टोटनह्याम हट्सपर र ब्राइटन भिड्नेछन् । आजै राति न्युकासल युनाईटेड र एभर्टन तथा साउथह्याम्पटन र लेष्टर सिटी भिड्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्