Logo

संखुवासभामा चुनाव जित्नकै लागि गौतमले यसरी झुक्याएका रहेछन शेर्पालाई



काठमाडौं, २७ मंसिर । संखुवासभा प्रतिनिधि सभातर्फ विजयी बनेका एमाले उम्मेवद्धवार राजेन्द्र गौतमले जिल्लाका प्रभावशाली नेता उङ्दी छिरिङ शेर्पालाई समानुपातिकको बन्द सुचिमा नाम राखिएको भनिएपनि उनको नाम हटाएर झुक्याएको खुलासा भएको छ ।

छिरिङले आफ्नो नाम भजाएर गौतमले चुनाव जितेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘सुरुमा मेरो नाम समानुपातिकको बन्द सूचिमा राखिएको थियो, तर अन्तिममा अहिलेका विजयी उम्मेद्धवार गौतमले नै मेरो नाम कटाउन लगाएको खुलेको छ, उनले मेरो नाम भजाएर चुनाव जिते, यो गलत काम भयो।

शेर्पाको मकालु गाउँपालिकामात्रै स्थानीय तहमा १७ सय मत थियो । उक्त क्षेत्र कांग्रेसको गढ हो तर शेर्पालाई लोभ्याएर गौतमले चुनाव जितेको संखुवासभाका बुद्धिजिवीहरुले आरोप लगाउन थालेका छन् । उक्त गाउँपालिकामा शेर्पाको धेरै प्रभाव रहेको देखेर गौतमले चुनावी प्रचारमा मात्रै समानुपातिकको नाम सिमिति गरिदिएको शेर्पा समर्थित नेताहरुको आरोप छ ।

संयुक्त वाम गठबन्धन निर्वाचन प्रचार–प्रसार समितिले जारी गरेको पर्चामा समेत शेर्पालाई प्रदेशसभा सदस्य, समानुपातिक उम्मेद्धवार नेकपा एमाले भनेर प्रचार गरेको थियो । तर, अहिले उनको नाम सूचिमा नभएको खुलासा भएको छ ।

संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गौतमले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।अघिल्लो संविधानसभा निर्वाचनमा खड्कासँग पराजित भएका गौतमले यस प्रतिनिधिसभामा भने खड्कालाई हराएका छन्।

प्रतिनिधिसभाको मत गणनामा सुरुदेखि नै अग्रता लिएका गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरे।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा पहिलो चरणअन्तर्गत निर्वाचन भएको थियो। १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा ६९ हजार २ सय ४६ मतदाताले मतदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot