Logo

अबको प्रधानमन्त्री केपी ओली नै हुन : महेश बस्नेत



२८ मंसिर, काठमाण्ठौ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि प्रधानमन्त्रीका लागि सबै हिसाबले ओली नै उचित भएको बताए ।

प्रधानमन्त्रीको विषयलाई लिएर गठबन्धनभित्र विवाद आउन नहुनेमा बस्नेतले जोड दिएका छन् । विवाद भयो भने जनतामा आएको उत्साह मरेर निराशा छाउने बस्नेतले बताए ।

नेताहरुको व्यवस्थापना महाधिवेशनमार्फत कार्यकर्ताले गर्ने बस्नेतको भनाई छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर मात्रै नेताहरुको व्यवस्थापन हुने कुराको पछाडि लाग्न नहुने उनको भनाई छ ।

वाम गठबन्धनका योजनाकार बामदेव गौतम र नारायणकाजी श्रेष्ठको व्यवस्थापनका बारेमा भने नेतृत्व तहले सोच्नुपर्ने बस्नेतको भनाई छ । दुई नेताको पराजयले कहाँ कसरी भुमिका दिने भन्नेमा समस्या भएकाले यसबारे नेतृत्वले विचार पु¥याउनुपर्ने उनको तर्क छ ।

चुनावमा पराजित भए पनि दुवै नेताले पार्टी एकताका लागि अझ बढि मिहिनेत गर्न सक्ने बस्नेतले बताए । “सकारात्मक कोणबाट लिने हो भने उहाँहरुको पराजयपछि अझ बढि फुर्सद भएर अझ धेरै नेतृत्व तहमा आउने असमझदारीहरु र कतिपय राष्ट्रिय अन्तराष्ट्रिय असमझदारीहरुलाई मिलाउनका लागि मध्यस्थता गर्ने भूमिका उहाँहरुले खेल्नुभयो भने राम्रो हुन्छ होला ।” बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्