Logo

प्रदेश प्रमुखको नियुक्ति आवश्यक,आजै नियुक्ति गछौँ, नकारात्मक रुपमा लिनु दुर्भाग्य : कानुनमन्त्री थापा



२८ मंसिर, काठमाण्ठौ । कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि आवश्यकता अनुसार नियुक्ति गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै कांग्रेस नेतासमेत रहेका थापाले चुनाव हारे पनि दायित्व पूरा गर्नुपर्ने बताए ।

वाम गठबन्धनले चुनाव जितेको उन्मादमा मात्तिएर सरकारका काममा अवरोध गर्न नहुने थापाको तर्क छ । नगरी नहुने काम गर्दा उत्तेजित भएर विरोध जनाउनुको कुनै अर्थ नभएको उनको भनाई छ ।

प्रदेश प्रमुखको नियुक्तिका सवालमा एमाले–माओवादीसँग छलफल गर्न सकिने तर अबरोध गर्दैमा सरकार पछि नहट्ने थापाले बताए । प्रदेश प्रमुखको नियुक्ति आवश्यक भएकाले मन्त्रीपरिषदको बैठकले नियुक्ति गर्ने थापाले जानकारी दिए ।

प्रदेश प्रमुखको अभावमा प्रदेशसभा बैठकको आव्हान कसले गर्ने भन्ने अन्योल हुने भएकाले नियुक्ति अति आवश्यक भएको उनको ठम्याई छ । सारा जनताले देखेको घाम झैँ छर्लङ्ग कुरालाई मिडियाले पनि नकारात्मक रुपमा लिनु दुर्भाग्य भएको थापाले बताए ।

संस्थानमा भएका नियुक्ति वा अन्य सानातिना नियुक्तिका बारेमा बहस गर्न मिल्ेन तर प्रदेश प्रमुखको नियुक्ति अति आवश्यक भएकाले विवाद गर्न नहुने थापाको भनाई छ । “संविधानले उल्लेख गरेका कुराहरु परिपूर्ति गर्नैपर्छ ।” थापाले भने ।

एउटा निर्वाचन हा¥यो भन्दैमा १०,१२ दिन सत्ता लम्ब्याउने कुने चाहना नभएको बताउँदै थापाले भने, “कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी, जो धेरै समय सत्तामा बसेको छ । एउटा निर्वाचन हा¥यो भन्दैमा आत्तिएर सरकारको आयु लम्ब्याउने घृणित खेल खेल्दैन ।

छिटोभन्दा छिटो सरकारबाट बाहिरिन चाहन्छाँै र अर्को सरकारलाई बाटो खुला गर्नका लागि इमानदारिताका साथ राजिनामा दिन्छौँ ।”

तर प्रदेश सरकार गठनमा समस्या नआओस् भनेर प्रदेश प्रमुख तोक्न लागिएको मन्त्री थापाले बनाए ।



प्रतिक्रिया दिनुहोस्