Logo

प्रधानसेनापति खुला म्याराथन माघमा



काठमाडौँ, २८ मंसिर :  नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ ।

प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष/महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र÷छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोेरीले सहभागिता जनाउन पाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

त्यस्तै प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ । फुल म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार, चौथोले रु १५ हजार, पाँचाँैले रु सात हजार र छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पाउनेछन् । त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच हजार पाउनेछन् । पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले रु सात हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।

तस्विर : मुकुन्द कालिकोटे 

फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता

धनगढी – तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुर कैलालीलाई २–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजक फारवेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ । फारवेष्टको जीतमा भूपेन्द्र बमले ५८ औँ र नरेन्द्र सिंहले ७५ औं मिनेटमा एक एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दुई खेल हुनेछन् ।

सोह्र टोलीको प्रतिष्पर्धा रहेको प्रतियोगितामा कैलाली, कञ्चनपुर र दाङ, विभागीय टोली तथा भारतको एक टोलीको पनि सहभागिता रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले एक लाख ५० हजार र पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई रु १० १० हजार पुरस्कार प्रदान गरिनेछ ।
आर्मी फाइनलमा

इटहरी– दुहबको रङ्शालामा जारी दोस्रो दुहबी मनमोहन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जीत निकाल्दै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले रुपन्देही ११ लाई ४–० गोलको गोलअन्तरले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित भए पनि आर्मीका नवयुग श्रेष्ठले खेलको ४९ आँै र ५१ औँ मिनेटमा लगातार दुई गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।

प्रतिष्पर्धामा नेपाल आर्मीका जर्जप्रिन्स कार्कीले ६८ औँ मिनेटमा गोल गरे भने दीप तामाङले खेलको इन्जुरी समयमा आफ्नो टोलीका लागि गोल गर्दै खेल ४–० गोलको फराकिलो अन्तरले जिताए । खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान आफ द म्याच’ घोषित भए । आजका विजेता त्रिभुवन आर्मीले आगामी शनिबार मनाङ मस्र्याङ्गी टोलीसँग फाइनल खेल्नेछ ।

दोस्रो एसिसी स्पोर्टस मिट शुरु

निजी तथा आवासीय विद्यालय समन्वय समिति इटहरीको आयोजनामा आजदेखि दोस्र्रो एसिसी स्पोर्टस मिट सुरु भएको छ । प्रतियोगितामा इटहरी क्षेत्रका ५० निजी विद्यालयको सहभागिता छ । एक सातासम्म चल्ने सो स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेल प्रतिष्पर्धामा समावेश गरिएका छन् ।

स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्दै बालबालिकाबाट खेलको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने भएकाले यस प्रकारका खेलको आयोजना हुन जरुरी रहेकामा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्