Logo

आइसिसीले दियो अनुमति



२९ मंसिर, काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले अनुमति दिएको छ । यो संगै अब इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि खेल्न पाउने छन् ।आइसिसीको अनुमति बिना राष्ट्रिय टिमका र विदेशी खेलाडीले खेल्न नपाउने भएकाले अब भने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको थियो ।

त्यसैले पनि प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यक छ । आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमति दिएको हो ।



प्रतिक्रिया दिनुहोस्