Logo

राष्ट्रपति र ओलीबीच समसामयिक विषयमा छलफल



काठमाडौँ, २९ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल गर्नुभएको थियो ।

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष भेट गरी निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी गर्नुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्