Logo

रुपाले ग्रहण गरिन् मिस हेरिटेजको प्रमाणपत्र



काठमाडौं, १ पुस । मिस हेरिटेज क्वीन विजेता रुपा लामाले मिस हेरिटेजको प्रमाणपत्र ग्रहण गरेकी छिन् । मिस हेरिटेज क्वीन नेपालले प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार काठमाडौंमा यूथ क्रिएसनद्धारा आयोजित कार्यक्रममा मिस हेरिटेज क्वीन २०१७ मा प्रायोजक, विजेता, मिडिया पार्टनर, फोटोग्राफर सहित निर्णायकमण्डललाई धन्यवाद दिदै प्रमाणपत्र प्रदान गरेको हो ।

काठमाडौ महानगरपालिकाकी उप–मेयर हरिप्रभा खड्की श्रेष्ठले महिलाहरु हरक्षेत्रमा अगाडि बढ्न सक्षम र सामाजिक क्षेत्रमा अग्रसर हुनुपर्ने बताएकी छन् ।

कला संस्कृति एवं सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक मिस हेरिटेज क्वीन २०१७ आयोजना गरिएको थियो । गत साउनमा सम्पन्न हेरिटेज क्वीन २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी थिइन् ।

तस्बर – रुपा लामाको फेशबुक वालबाट



प्रतिक्रिया दिनुहोस्