Logo

केपी ओलीको निवास वालकोट पुगेर राजेश र कोमलले भने्,“हामीलाई राष्ट्रिय सभामा लगिदिनुहोस्”



काठमाडौं, १ पुस । महानायक राजेश हमाल र गायिका कोमली वलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज भेटेरै बधाई दिएका छन् ।

आज बिहान ओली निवास बालकोट पुगेर महानायक हमाल र गायिका वलीले निकट वर्तमानमा सम्पन्न निर्वाचनमा पहिलो पार्टी बनेकोमा एकसाथ बधाई दिएका हुन ।
एमाले अध्यक्ष ओलीलाई भेटेर हमाल र वलीलले राष्ट्रिय सभामा लिनको लागि आग्रह गरेको एक सुत्रले जानकारी दिएको छ ।

राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीलाई एमाले अध्यक्ष ओलीले दाङबाट चुनाव उठाउने हल्ला थियो तर पछि वागठबन्धनबीचको भागवण्डाको कारण टिकट पाउन सनिन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी गायिका वलीले एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्ण महराको पहलमा उम्मेदवारी फिर्ता गरेकी थिईन्।

यता बेला–बेलामा मुलुक अफ्ट्यारोमा परेको बेलामा र आफ्नो समेत भूमिका रहेको बताउँने राजेश हमाल वालकोट पुगेर मुलुकको एकनम्बर पार्टी बनेकोमा अध्यक्ष ओलीलाई बधाई दिए ।
महानायक हमालले आगामी राजनीति र मुलुकको सम्मृद्धि गरेर देखाउँनको लागि अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

निर्वाचनको बेला हमाल ईण्डियामा आयोजित एक कार्यक्रममा थिए । उनले मतदान गर्न भने पाएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्