Logo

राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डको भेटवार्ता



काठमाडौँ, १ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटवार्ता गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उहाँहरुबीच छलफल भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा आज अध्यक्ष दाहालसँग भेटवार्ता गर्नुभएको जानकारी दिनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्