Logo

समानुपातिकको मतगणना सकियो, कांग्रेसकोभन्दा एमालेको ४५ हजार बढि भोट, माओवादीको १३ लाख मात्रै



पुस २, काठमाण्डौ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस ४५ हजार एक सय ५मतले पछाडि छ ।

प्राप्त मत परिणाम अनुसार, एमालेले ३१७३४९४ मत, कांग्रेसले ३१२८३८९, नेकपा (माओवादी केन्द्र) ले १३०३७२१ मत पाएका छन् ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २५४ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार २०१ पाएका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने छ ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक–एक सिट जितेका छन् ।

मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot