Logo

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह



२ पुष, काठमाण्डौ । एमाले–माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
देउवाले सत्ता छाड्न नमानेर अनेक बहाना देखाएकोप्रति संकेत गर्दै गठबन्धनले मार्ग खुला गर्न आग्रह गरेको हो ।

नेकपा एमाले र माओवादीबिच पार्टी एकता गरेर देशलाई स्थिर सरकार दिन प्रतिवद्ध रहेको छाँै । विज्ञप्तिमा लेखिएको थियो ।
प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरिने विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रलाई सबल बनाउँदै राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुत बनाउन प्रतिवद्ध रहेको दुई दलले बताएका छन् ।

निर्वाचनको प्रभावकारिताका लागि भूमिका खेल्ने संचारमाध्यम र सहज रुपमा निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग र कर्मचारीहरुलाई गठबन्धनल धन्यवाद व्यक्त गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति एमाले नेता भिम रावलले पढेर सुनाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादीबिच पार्टी एकताका लागि पदीय समस्या नभएको बताएका छन् ।
विज्ञप्ति पढेर सुनाएलगत्तै पत्रकार ऋषि धमलाले पार्टी एकताको विषयमा प्रश्न गरेपछि ओलील्े पार्टी अध्यक्ष बन्नका लागि एकता आवश्यकत नभएको उल्लेख गर्दै देश र जनताको इच्छा पूरा गर्नका लागि दुई दल एक हुन लागेको बताए ।

पार्टी एकताको सन्दर्भमा आजको पत्रकार सम्मेलनको मुल मर्म नभएको बताउँदै ओलीले चुनावपछिको नतिजा मुख्य कुरा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot